नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली, माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संगको कार्यक्रम !

22 September, 2024 By Ram Adhikari

प्रेस विज्ञप्ति

संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएका नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली, माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतका प्रतिनिधि मण्डललाई अमेरिकामा हार्दिक स्वागत गर्दछौं।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरिकामा रहेका नेपालीहरूको तर्फबाट नेपाल सरकारको प्रतिनिधि मण्डलसँग हाम्रो कुराकानी राख्न मिति अगस्ट १६, २०२४ मा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई पत्राचार गरेको थियो।

तर, हालसम्म प्रधानमन्त्रीको कार्यालयबाट कुनै जवाफ प्राप्त भएको छैन भने परराष्ट्र मन्त्रालयबाट मिति सेप्टेम्बर १९, २०२४ मा सम्पर्क व्यक्तिको नाम र फोन नम्बर सहितको इमेल प्राप्त भएको छ। हामीले सम्पर्क गर्न खोज्दा सफल नभएको र इमेलको जबाफ पनि प्राप्त नभएको जानकारी गराउन चाहन्छौं।

आज सेप्टेम्बर २१, २०२४ मा बसेको कार्यसमितिको बैठकमा यसबारेमा व्यापक छलफल गरिएको छ। बैठकले जानकारी प्राप्त भएमा स्वागत कार्यक्रमको लागि तयार रहने र आवश्यक भएमा उहाँहरूको भ्रमणलाई सरल र उपलब्धिमूलक बनाउन पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।

धन्यवाद।

गैरआवासीय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति सेप्टेम्बर २१, २०२४