
आदरणीय अमेरिकावासी सम्पूर्ण गैर-आवासीय दाजु भाइ दिदी बहिनीहरूमा हार्दिक नमस्कार !
विषय: अमेरिकी जनगणना २०२० मा नेपाली पहिचान सहित भाग लिनु हुन ।
अमेरिकाको संविधानमा व्यवस्था भए अनुसार प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्छ । यो जनगणना अमेरिकाको अलास्का (Alaska) राज्यमा सुरु भई सकेको छ भने अन्य राज्यहरूमा मार्च महिनाको दोस्रो हप्ता (2nd Week of March) देखि सुरु हुँदै छ। जनगणनाबाट प्राप्त जनसङ्ख्या को आधारमा नै:
जनगणनामा व्यक्तिको नाम, उमेर र जन्म मिति, महिला पुरुष के हो ? घरमा कति जना बस्छन्, बसोबास गरिरहेको आफ्नो निजी घर हो कि भाडामा हो, र व्यक्तिको घरको मुख्य व्यक्तिसँगको नाता के हो जस्ता प्रश्नहरू समावेश छन् ।
यी सामान्य जानकारी सँग सम्बन्धित प्रश्नको अलावा जनगणनाको प्रश्न पत्रमा एउटा प्रश्न छ - यो व्यक्ति हिस्पानिक (Hispanic) हो वा होइन भन्ने । केही अपवादलाई छोडेर सबै नेपालीको उत्तर 'होइन' भन्ने हुन्छ । अर्को प्रश्न छ - व्यक्तिको जातियता (Race) के हो ? यो एकदम महत्त्वपूर्ण प्रश्न हो । हाम्रो अनुरोध यो छ कि व्यक्तिको जातियता के हो भन्ने प्रश्नको उत्तर दिँदा अन्य एसियाली ("Other Asian") छानी खालि ठाउँमा नेपाली ("Nepali") लेख्नु होला । यसो गरिएको अवस्थामा नेपालीको पहिचान सहित गणना हुन्छ र नेपालीहरूको अमेरिकामा भएको सङ्ख्या थाहा पाउन सम्भव हुन्छ जुन नेपाली अमेरिकन समुदायको लागि ठुलो उपलब्धि पनि हो ।
जनगणनामा व्यक्ति वा परिवारको सम्पत्ति र आयसँग सम्बन्धित कुनै पनि प्रश्न समावेश छैन; राजनीति वा धर्म सम्बन्धी पनि कुनै प्रश्न सोधिएको छैन । त्यस्तै, व्यक्तिको अमेरिकामा इमिग्रेसन अर्थात् आप्रवास सम्बन्धी कुनै प्रश्न सोधिएको छैन । त्यसैले जुनसुकै स्टाटसमा (Status) भएकाले पनि ढुक्क सँग जनगणनामा भाग लिन सक्नु हुन्छ । अमेरिकी तथ्याङ्क विभागले मार्च महिनाको दोस्रो हप्ता सबै ठेगानाहरूमा जनगणनामा भाग लिन अनुरोध गर्दै पत्र पठाउँछ जसमा त्यो ठेगानाको जनगणनाको कोड (Census Code) के हो, कुन ओएभसाईट (Website) मा गएर आफ्नो विवरण भर्न सकिन्छ वा कुन नम्बर मा फोन गरेर यसमा भाग लिन सकिन्छ भन्ने जानकारी समेत हुन्छ ।
यो जनगणना अमेरिकी सरकारले गर्दै छ । अन्य सङ्घ संस्थाहरूले जस्तै एनआरएनए, अमेरिकाले आफ्ना सबै च्याप्टरहरू (Chapters) र च्याप्टर नभएका राज्यहरूमा फोकल पर्सन (Focal Person) लाई सक्रिय बनाई जनगणनाको प्रचारप्रसार मात्र गरेको हो । अब यो अवसर दश वर्ष पछि मात्र आउने भएकोले यस जनगणनामा एनआरएनए, अमेरिका मात्र नभई अमेरिकामा सक्रिय सबै सङ्घ संस्थाहरूले हातेमालो गरी जनगणनाको प्रचारप्रसार गर्नु उपयुक्त हुन्छ र सबै नेपालीहरूलाई आफ्नो पहिचान खुल्ने गरी आफ्नो विवरण भर्न प्रेरित गर्नु पर्दछ । यो हाम्रो दायित्व पनि हो ।
अन्तमा, सबै नेपालीहरूले जनगणनामा भाग लिनु पर्दछ; यो अमेरिकी कानुनमा व्यवस्था भएको छ । जनगणनाको २०२० अवधिमा तथ्याङ्क विभागले तपाईँलाई कहिले पनि तपाईँको सामाजिक सुरक्षा नम्बर (Social Security Number) वा बैङ्क वा क्रेडिट कार्ड नम्बरहरू माग्दैन; यदि कसैले यी बारे सोध्दछ भने त्यो कानुन विपरीत हो र तपाईँले त्यस्तालाई आफ्नो सूचना दिनु हुँदैन। तथ्याङ्क विभागले तपाईँको व्यक्तिगत जानकारी गोप्य राख्दछ; र तपाईँको तथ्याङ्क (डाटा ) सांङ्खिकीय उद्देश्यहरूको लागि मात्र प्रयोग गर्दछ । त्यसैले सबैले आगामी जनगणनामा भाग लिऊ; नेपाली पहिचान सहित भाग लिऊ।
डा अर्जुन बन्जाडे Email: [email protected] |