दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ राष्ट्रिय क्रिकेट प्रतियोगिता भर्जिनियामा सम्पन्न।
- Home
- News
दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ राष्ट्रिय क्रिकेट प्रतियोगिता भर्जिनियामा सम्पन्न।
31 May, 2024
मे २९, २०२४
दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ राष्ट्रिय क्रिकेट प्रतियोगिता भर्जिनियामा सम्पन्न।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका र भर्जिनिया राज्यको स्थानीय संस्था "एभरेस्ट लायन्स फेन्डसिप ऐशोसियसन " सँग सहकार्य गर्दै दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ (2nd RUP SMRITI & Everest CUP 2024) राष्ट्रिय क्रिकेट प्रतियोगिता मे २५, २६ र २७ तारिखमा भर्जिनिया राज्यको मनासस शहरमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा एभरेष्ट कम्युनिटि क्लब, साथी बाल्टिमोर क्रिकेट क्लब,फारवेस्टर्न क्रिकेट क्लब, नोभा नाईट् क्रिकेट क्लब, हेरिर्षबर्ग नाईट राईडर हेरिर्षबर्ग गुरर्खा, मधेशी ऐशोसियसन इन अमेरिका, बोस्टन नेपाली अल स्टार क्रिकेट क्लब, डुक्र च्यालेन्जर क्रिकेट टिम, हिमालयन किङ र एभरेष्ट लायन क्रिकेट क्लब गरी १२ टिमको सहभागिता रहेको थियो। तीन दिन सम्म भएको उक्त प्रतियोगिताको बिजेता बोस्टन नेपाली अल स्टार क्रिकेट क्लब भएको थियो भने एभरेस्ट लायन्स क्रिकेट क्लबले दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो।
प्रतियोगिता आयोजना गर्नको लागि सहकार्य गर्ने एभरेस्ट लायन्स फेन्डसिप ऐशोसियसन र सहयोग गर्ने गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन, युथ, स्टुडेन्ट र स्पोर्स्ट कमिटि, एनआरएनए भर्जिनिया च्याप्टर लगायत सम्पूर्ण स्पोन्सर, मिडिया हाउसहरु समाज टाईम्स, ई नेपलिज, डिसी नेपाल, नेप्लिज डायसपोरा, युस खबर, रिपोर्टस क्लब अमेरिका संदेश टुडे र सम्पूर्ण सहयोगी संघ संस्थाहरु लाई राष्ट्रिय समन्वय परिषद् अमेरिका धन्यवाद दिन चाहन्छ।
स्वर्गीय श्री रूप कार्की नेपालका भारतोलन राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले २०२२ देखि रूप स्मृति कप उहाँको सम्झनामा स्वरूप गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन सँग सहकार्य गर्दै सुरुवात गरेको हो ।
सचिवालय,
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद् अमेरिका