"अन्तर्राष्ट्रिय नारी दिवस - २०२५"
"अन्तर्राष्ट्रिय नारी दिवस - २०२५"
"अन्तर्राष्ट्रिय नारी दिवस - २०२५"

20 January, 2025 By Ram Adhikari

"अन्तर्राष्ट्रिय महिला दिवस २०२५" कार्यक्रममा हार्दिक निमन्त्रणा


आदरणीय गैरआवासीय नेपाली संघ, अमेरिका (NRNA NCC USA) का सम्पूर्ण पंजिकृत सदस्यज्यूहरू, संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, संघ-संस्थामा आबद्ध विशिष्ट व्यक्तित्वहरू, एवं पत्रकारज्यूहरू,


नमस्कार!

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले "अन्तर्राष्ट्रिय महिला दिवस २०२५" भव्य रूपमा मनाउने तयारी गरिरहेको छ। "Accelerate Action" भन्ने नाराका साथ, यो कार्यक्रम महिला सशक्तिकरण, लैंगिक समानता, तथा सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदैछ।

यस कार्यक्रममा महिला सशक्तिकरणमा योगदान पु¥याइरहनुभएका अग्रज व्यक्तित्वहरू, विभिन्न क्षेत्रका विज्ञहरू, एवं समुदायका प्रतिनिधिहरू द्वारा विचार-विमर्श गरिनेछ। साथै, नेपाली समुदायमा महिलाहरूको भूमिका अझ सशक्त बनाउन आवश्यक रणनीतिहरूबारे छलफल गरिनेछ।

कार्यक्रम विवरण:

📅 मिति: मार्च ८, २०२५ (शनिवार)
⏰ समय: TBD
📍 स्थान: 3901 Rugby Road, Fairfax, VA 22033


हामी तपाईंहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।

यदि कार्यक्रम सम्बन्धी कुनै प्रश्न, सल्लाह-सुझाव वा थप जानकारी आवश्यक परेमा, कृपया [email protected] वा [email protected] मा सम्पर्क गर्नुहोस्।


रामहरी अधिकारी
महासचिव

गैरआवासीय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद्, अमेरिका