sssss
nrna
विधान संसोधनका लागि सुझाव पठाउने बारे।
  • Home
  • Press Releases

विधान संसोधनका लागि सुझाव पठाउने बारे।

May 19, 2022

आदरणीय संस्थाका आजीवन तथा साधारण सदस्यज्यूहरु ।

बिषय :- विधान संसोधनका लागि सुझाव पठाउने बारे।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको विधानलाई समय सापेक्ष बनाउनका लागि संसोधन गर्ने निर्णय गर्दै कार्यसमिति बैठकले एक समिति निर्माण गरेको गरेको छ। विधान संसोधन समितिले संस्थालाई अझ उचाइमा पुर्याउनको लागि के-कस्ता संसोधनका कार्यहरु गर्न आबश्यक छन् भनि सदस्यहरुको सुझाव संकलन गरि अन्तिम मसौदा तयार गर्ने योजना राखेको छ। संस्थाको हालको बिधान यसै इमेलमा रहेको लिंकमा गैर क्लिक गरी हेर्न सक्नुहुनेछ। संलग्न गरिएको वर्तमान विधानमा केही परिमार्जन वा थपघट गर्न पर्ने आवश्यक भएमा मे २८, २०२२ भित्रमा संसोधनका विषयहरुमा दफा, उपदफा, हटाउन पर्ने वान थप्नपर्ने दफा, हटाउदा वा थप्दा संस्थालाई दिर्घकालिन रुपमा फाईदा सहीत उल्लेख गरी [email protected] इमेलमा सुझाव पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।

बिधान संसोधन समिति
१) अन्जन कुमार चौलागाईं - संयोजक
२) कृष्ण जीवि पन्त - सदस्य
३) सुन्दरी गुरुङ - सदस्य
४) सन्तोष पहारी
५) डा. गंगाधर आचार्य
६) हरिहर पौडेल
७) अग्नि चौलागाईं

अन्जन कुमार चौलागाईं
महासचिव
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
मिति: १८ मे २०२२