sssss
nrna
उल्टो साइकल यात्रीको बिदाइ गरिने
  • Home
  • Activity Report

उल्टो साइकल यात्रीको बिदाइ गरिने

July 31, 2020

जनवरी २३, २०१५

केहि समय आगाडी बेलायत हुदै अमेरिका आउनु भएका प्रथम विश्व उल्टो साइकल यात्री बिरेश दाहाल,बरुण अधिकारी,बजिन्द्र कुमार महराको टोलिलाइ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिकाका अधक्क्ष खगेन्द्र क्षेत्रीको उपस्थितिमा, यस सस्थाको खेलकुद कमिटीले न्यूयोर्क स्थित चौतारी रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरिएको थियो l एनआरएनले सबै जसो राष्ट्रहरुमा यस्ता राम्रा गतिबिधी र यो टोलीलाइ पनि सहयोग र सहकार्य गर्दै आएको छl

                                                                                            

बिश्व माझ भाइचारा, र शान्तिको कामना गर्दै ५८ देशको यात्राका क्रममा अमेरिका आइपुग्नु भएका उल्टो साइकल यात्री बिरेश दाहाल,को टोलि लाइ क्यालिफोर्निया को (लस एन्जल्स) मा एनआरएन अमेरिकाका सह-सचिब दिल श्रेष्ठले सस्था को लोगो अंकित टि-शर्ट र ब्याच प्रदान गर्दै सम्मान गर्नु भएको छ l हरेक देशको यात्राका क्रममा गैर आबसिय नेपाली संघले गरेको सहकार्य, सहयोगका निम्ति आभार ब्यक्त गर्दै यस सस्था बिश्वभर ७० रास्ट्रमा रहेको नेपालीको एकमात्र साझा सस्था भएकाले संसारमा छरिएर रहनु हुने नेपाली दाजु-भाई,दिदि-बहिनिलाइ सदस्यता लिन समेत दाहालले अनुरोध गरेका छन् l सानफ्रान्सिस्कोबाट नेपाल फर्कन लागेको यो टोलिलाइ एनआरएन र स्थानीय अरु संघसंस्थाका प्रतिनिधिहरुले बिदाइ गर्ने समेत कार्येक्रम रहेको छ l