sssss
nrna
Support Nepal during the Covid -19 Pandemic
  • Home
  • Press Releases

Support Nepal during the Covid -19 Pandemic

May 7, 2021

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको मे ५, २०२१ बुधवारको दिन कार्यसमितिको आकस्मिक बैठक बस्यो । बैठक मातृभुमी नेपालमा पछिल्लो समय कोभिड १९ को कहरले पारेको प्रभावमा केन्द्रीत रहदैं यो अवस्थामा मातृभुमी नेपालमा के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा लक्षित रहेको थियो । सो वैठकले देहाय वमोजिमको निर्णय गरेको सम्पूर्णमा जानकारी गराइन्छ ।
१.गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाले गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् संगको सहकार्यमा आइसिसीमार्फत २५ हजार अमेरिकी डलर तत्काल सहयोग गर्ने निर्णय गर्दै अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलर सम्म बढाउन सकिने निर्णय गरियो । साथै मानवीय कार्यमा अझ बढी सहयोग पुऱ्याउने हेतु तत्कालै गो फन्ड मी मा अकाउण्ट बनाएर थप सहयोग संकलन गर्ने र त्यसका लागि च्याप्टर समितिहरुलाई समेत परिचालन गर्ने निर्णय गरियो ।
२. कोभिड १९ को कहरले हाल नेपालमा बिकराल स्थिति बन्दै गएको बिषयमा अमेरिकामा बस्नुहुने गैर आवासीय नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरीका स्थित बिभिन्न सामाजिक संघ संस्थाहरूसग समन्वय गरी अमेरीकन संघिय तथा राष्ट्रिय सरकार र नेपाली राजदूतावासलाई पत्राचार गरी नेपालमा तत्कालै सहयोगको लागी अपिल गर्ने निर्णय गरियो ।
३.नेपाल र नेपालीसंग सम्बन्धित अमेरीकामा भएका बिभिन्न स्थानिय र राष्ट्रिय स्तरका गैरनाफामूलक सामाजिक संस्थाहरूसंगको सहकार्यलाई जोड दिंदै सामुहिक सहयोगको लागि पहल गर्ने निर्णय गरियो ।
४. नेपालमा तत्कालै राहत वितरण गर्ने कार्यका लागि एनआरएनए, अमेरिकाको हेल्थ कमिटिका संयोजक एवं बोर्ड अफ डाइरेक्टर बासुदेव अधिकारीले संयोजकको भूमिका निभाउनुहुने तथा एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा एनआरएनए, आइसिसीको हेल्थ कमिटिको अमेरिकाज क्षेत्रको सह संयोजक समेत रहनुभएका सत्य चौधरीले त्यस कार्यमा समन्वयात्मक सहयोगी भूमिका खेल्नका लागि बैठकले निर्णय गरेको छ ।
भवदीय,
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका