sssss
nrna
संस्थाको सदस्यता खुल्ला गर्ने बिषयमा !
  • Home
  • Press Releases

संस्थाको सदस्यता खुल्ला गर्ने बिषयमा !

Sept. 9, 2022

प्रेस बिज्ञप्ति
संस्थाको सदस्यता खुल्ला गर्ने बिषयमा आएको तर्फ संस्थाको ध्यानाकर्षण भएको छ। संस्थालाई गतिशील बनाउनको लागि सदस्यता कुनै पनि समयमा बन्न पाउने ब्यबस्था गर्न हामी क्रियाशील रहेका छौ। यसै कार्यलाई समेट्नको लागि गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए-अमेरिका ) को एघारौँ साधारण सभाले गैर आवासीय नेपाली सङ्घ(एनसीसी), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले सदस्यता बन्नको लागि प्रयोगमा ल्याउन लागेको Membership Information System (MIS) मार्फत सदस्यता बन्ने प्रावधान विधानमा समेटेको छ। एनसीसीले आईसीसीसंग यसै प्रयोजनलाई कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा सम्झौता समेत गरिसकेको छ। आईसीसीले Membership Information System (MIS) बाट सदस्यता बन्न तयारी अबस्थामा रहेको जानकारी एनसीसीले माग गरेका कुराहरुको जवाफ पाउनासाथ सदस्यता बन्ने प्रकृया खुल्ला रहने जानकारी गराउन चाहन्छु।
अन्जन कुमार चौलागाईं
महासचिव
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका
अगस्ट १२, २०२२