sssss
nrna
प्रेस विज्ञप्ति
  • Home
  • Press Releases

प्रेस विज्ञप्ति

April 25, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ। 

गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क बापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको छ। एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनसाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय गरिसकेको छ । 

एकताको महाधिवेशन भनिएको सङ्घको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजकको नामबाट प्रकाशित विज्ञप्ति विधान विपरीत छ।  एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न हामी सचेत गराउन चाहन्छौँ। यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि हामी हाम्रा सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गर्दछौँ। 


तोया दाहाल 
प्रवक्ता 
गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिका
मिति: २५ अप्रिल २०२२