sssss
nrna
हेल्प डेस्क व्यवस्थापन समिति ( २०२१-२०२३ ) को प्रथम बैठक सम्पन्न।
  • Home
  • Activity Report

हेल्प डेस्क व्यवस्थापन समिति ( २०२१-२०२३ ) को प्रथम बैठक सम्पन्न।

Jan. 23, 2022

एनआरएनए एनसीसी अमेरिकाको हेल्प डेस्क व्यवस्थापन समिति ( २०२१-२०२३ ) को प्रथम बैठक जनवरी २१, २०२२ का दिन समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डाइरेक्टर राज ढूँगानाको अध्यक्षतामा जूम मार्फत् सम्पन्न भयो।

 उक्त बैठकका एजेण्डाहरू : 


१. कोलोराडोमा २०२२ को मार्चको अन्तिम हप्ता वा अप्रिलको पहिलो हप्तातिर हेल्प डेक्सको एक सभ्य र भव्य कार्यक्रमको आयोजना

    गर्ने ।

२. हेल्प डेक्स कमिटीलाई च्याप्टर स्तरमा विस्तार गर्ने र यसको लागि काम सुरु गर्ने ।


बैठकमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुबेदी उपाध्यक्ष तथा फ़िलान्थ्रोफी विभागीय प्रमुख  गोपेन्द्र राज भट्टराई ,महासचिव अन्जन चौंलागाईंको उपस्थिति रहेको थियो साथै बैठकमा समितिका सह- संयोजक कुमार जंग कार्की , सह-संयोजक उत्तम शर्मा , सदस्य सुशील दाहाल , सदस्य पुस्पा बस्नेतले आफ्नो महत्वपूर्ण विचारहरु व्यक्त गर्नुभएको थियो ।

नवनियुक्त कमिटीलाई बधाई तथा स्वागत गर्दै अध्यक्षको अनुमतिले उक्त समितिका सह- संयोजक कुमार जंग कार्कीले बैठक संचालन गर्नुभएको थियो ।संयोजक राज ढूँगानाले कमिटीलाई छिट्टै पूर्णता दिने जानकारी दिनु भएको थियो।



 बैठकका निर्णयहरू :- 

१. केन्द्रीय अध्यक्ष ज्यूको सुझाव समेतलाई ध्यानमा राखी पहिले निर्धारित भईसकेका कमिटीहरुको र एनआरएन अमेरिकाको कार्यक्रमहरुको समय तालिका बनाउँन केन्द्र सँग समन्वय गर्ने र कमिटीको आगामी बैठकबाट उपयुक्त मिति चयन गरी कोलोराडोमा हेल्प डेक्सको एक सभ्य र भव्य कार्यक्रम गर्ने सर्वसम्मत निर्णय गरिएको थियो । 

२. च्याप्टर स्तरमा हेल्प डेस्क गठन गर्ने र क्षेत्रीय संयोजकहरूलाई जानकारी गराई क्षेत्रीय संयोजकहरू सहयोग समेत लिएर अगाडि बढ्ने सर्वसम्मत् निर्णय पनि गरिएको थियो ।