sssss
nrna
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हाइब्रिड बैठक सम्पन्न ।
  • Home
  • Press Releases

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हाइब्रिड बैठक सम्पन्न ।

Jan. 31, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा हाइब्रिड बैठक संस्थाले विगतमा गरेका कामहरुको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भयो । आफ्नो कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको थियो। बैठकमा अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरुले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाका आर्थिक गतिविधिहरुको बारेमा प्रकाश पार्नु भयो ।

कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल र नेपालीका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गत अगस्ट २७ तारिक २०२१मा अमेरिकी सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेनाको सहयोगमा सैने जहाजबाट निःशुल्क ढुवानी गराएर नेपाल सरकारलाई सहयोग हस्तान्तरण गरियो। यस कार्यबाट झन्डै एक करोड रुपैयाँको ढुवानी खर्च जोगियो । भविष्यमा आपतकालिन सहयोग नेपाल पठाउन अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगत अमेरिकी सेनासँग एनआरएनए अमेरिकाको विश्वासिलो सम्बन्ध विकास भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको यो सम्बन्ध नेपाल सरकारले नै गर्व गर्ने विषय हो ।

नेपाल सरकारले अमेरिकी सरकारसँग दोहोरो कर प्रणालीको अन्तका लागि ठोस पहल गरेको देखिएन । नेपालमा लगानी गर्न यो समस्यालाई संवोधन गर्नै पर्छ । साथै लगानीको दायरालाई पनि बढाउनु पर्छ । अर्थ मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु मरासिनी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महा प्रसाद अधिकारीसँग गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका अध्यक्ष वुद्धि सागर सुबेदीले समस्या निराकरणका लागि छलफल भएको प्रस्ट पार्नु भयो । यसलाई सार्थक बनाउन एउटा कमिटी बनाएर अगाडी बढ्ने योजना समेत कार्यसमितिले बनाएको छ।

नेपालमा जन्मिएका तर काम र व्यवसायको सिलसिलामा विदेशी नागरिकता लिएकाहरूलाई नेपाल जाँदा भिसा शुल्क नलिँदा देशसँगको आत्मीयता अझ बढ्छ । अरू देशले पनि यस्तो अभ्यास गरेका छन् । यस बारेमा गृह मन्त्री, गृह सचिव, परराष्ट्र मन्त्री र सरोकारवाला निकायलाई यो विषय अवगत गराएका छौँ ।

२०२२ भित्र गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भवन निर्माणका लागि कार्यालय भवन खरिद गर्ने प्रतिबद्धता अध्यक्ष बुद्धि सागर सुवेदीले गर्नु भएको छ । उहाँले आफ्नो कार्यपत्रमा भवन खरिदलाई विशेष महत्त्व दिँदै ठोस रूपमा काम अगाडि बढाउने उल्लेख गर्नु भएको छ ।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरु दिक्क्षा बस्नेत, सुमन थापा, विकास उप्रेती,गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, दक्षिण क्षेत्रीय संयोजक बादल भुजेल, पूर्व क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, मध्य पश्चिम क्षेत्रीय संयोजक किरण बस्नेत, फ्लोरिडा च्याप्टर अध्यक्ष विकास देवकोटा, स्वास्थ्य समिति चेयर डा. प्रकाश श्रेष्ठ, विज्ञान तथा प्रविधि समिति चेयर डा. माधव पाण्डे, हेल्प डेस्क कमिटिका चेयर राज ढुंगाना, ब्लड डोनेशन कमिटिको चेयर विश्वराज बास्तोला, युवा कमिटी चेयर संदेश उप्रेती, विद्यार्थी समिति चेयर मिलन जङ्ग कटुवाल र नेपाली सामाग्री प्रबर्धन समिति चेयर दुर्गेश जुङ्ग कार्कीले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरुको जानकारी प्रदान गर्नु भएको थियो ।सल्लाहकार सुभाष घिमिरेले संस्थाले ६ महिना बिचमा गरेका कामको सह्राना गर्नु भयो ।

तोया दाहाल
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति जनवरी ३० तारिक २०२२