sssss
nrna
एटलान्टामा एनआरएन फोरम सम्पन्न
  • Home
  • Press Releases

एटलान्टामा एनआरएन फोरम सम्पन्न

July 30, 2020

अमेरिकाको जर्जिया राज्यको अटलान्टा शहरमा गत जुलाई १ तारिख “एनआरएनफोरम’ कार्यक्रम सम्पन्न भएको छ। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल तथा एएनएका अध्यक्ष रोजर अधिकारीको अतिथ्यमा एनआरएन ,एएनए ,नासा लगायत विभिन्न संस्था र राज्यका प्रतिनिधिहरुले सो कार्यक्रममा बोलेका थिए।

एनआरएन ‘बोर्ड अफ डिरेक्टर’ तथा कार्यक्रमका संयोजक गोबिन्द श्रेष्ठले हालै गठन भएको ‘एन आरएन च्याप्टर अफजर्जिया’ का ‘ मोहन तिमिल्सिना (अध्यक्ष), विश्वमान आन्गदेम्बे(उपाध्यक्ष), तथा सूर्य लम्साल (डिरेक्टर) – को परिचयात्मक कार्यक्रमका साथ् कार्यक्रमको संचालन गर्नु भएको थियो।

नासाका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिका का ‘स्वास्थ्य तथा सेवा’ समितिका सभापति डा. संजीव सापकोटाले पहिलो वक्ताको रूपमा सबैलाई ‘स्वागत मन्तव्य’ राख्नु भएको थियो। एन आरएन अरु संस्था जस्तै अर्को एउटा संस्था नभई एउटा ‘असाधारण’ संस्था भएको तथा यसले संसारभरी छरिएर रहेका नेपालीहरुको छाता संगठनकोरूपमा अर्थपूर्ण काम गरेको कुरा व्यक्त गर्नु भयो।

पोहोर साल गएको’महाभूकम्प’को लागि एनआरएन ले नेपालको विभिन्न दूर्गम ठाउँमा ‘राहत’ वितरण गर्ने ‘सराहनीय’ काम गरेको कुरा राख्नु भयो। र, जर्जियामा हालै गठन भएको एनआरएन च्याप्टरले स्थानिय संघ-संस्थासंग प्रतिस्पर्धा नभई सहकार्य गर्ने कुरा पनि वताएका छन ।

क्यानाडाका लागि नेपालका पर्यटन दूत नर बहादुर टन्डनले एनआरएन क्यानाडाले नेपालको १० जिल्लाहरुमा संचालित कार्यक्रममा सहयोग गरेको कुरा राख्नु भयो। एनएनएका पूर्व उपाध्यक्ष मेदिनीअधिकारीले एनआरएनले नेपाल सरकारसंग मिलेर सामुहिक लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

नाशाका का सहसचिव कृष्ण श्रेष्ठले नासाले एनआरएन संग भूकम्पपिडितको लागि सहकार्य गरेको कुराउल्लेख गर्दै नासा ले जम्मा १ लाख ८६ हजार डलर उठाएको कुरा राख्नु भयो । डा. हरि शर्मा ले एनआरएन जर्जिया च्याप्टरलाई बधाई दिनु भयो भने एएनएका अध्यक्ष रोजर अधिकारीले एएनएले नेपालको लागि सहयोग एन आर एन बाटै गर्ने तथा एएनएको सल्लाह र सुझाव प्रदान गरि एनआरएन लाई सहयोग गर्ने कुरा उल्लेख गर्नुभयो ।

यसै गरी, दर्शकबाट कुराराख्दै क्यालिफर्नियाका नवराज कंडेलले अमेरिकावासी नेपालीहरुमा ‘वित्तिय साक्षरता’ को एकदमै आवस्यकता रहेको कुरा राख्नु भयो । त्यस्तै अर्का वक्ता तुलसी राम जोशीले एएनएको सहयोगमा दुर्गम जिल्लाका नेपाली बिद्यार्थीहरुलाई फेयरमोन्ट स्टेट विश्व बिद्यालयमा छात्रवृति प्रदान गरेको कुरा राख्दै सहयोग गर्न आग्रह गर्नुभयो।

अन्तिममा बोल्दै एनआरएनका अध्यक्ष डा. केशव पौडेलले बिगत १५ वर्षमा अमेरिकामा नेपालीहरु उल्लेख्य संख्यामा आवगमन भएको तथा एनआरएन पनि अमेरिकामा सोहि समयमा उल्लेखनीय रुप मा प्रगति गर्दै अगाडी बढेको कुरा राख्नु भयो।

एनआरएन र अन्य नेपाली संघ-संस्थाहरु बीच सहकार्य भई सिर्जनसिल र विकास मुलक ‘ उत्पादनगर्न सकिने कुरा औंल्याउनु भयो। एनआरएन NRNहरुको लगानीमा अमेरिकाकोन्यूयोर्कमा ‘एभरेस्ट फेडेरल क्रेडिट यूनियन’ गठन भएको र यसले अमेरिकाभरिका नेपालीहरुलाई आर्थिक रुपमा सहयोग हुनसक्ने कुरा राख्नु भयो।

नेपालमै पनि एनआरएनहरुको लगानीमा काठमान्दौंमाअत्याधुनिक स्वास्थ्य प्रबिधियुक्त ‘ग्रीन सिटी हस्पिटल’ को संचालन हुन थालेको जानकारी दिंदै इच्छुक लगानीकर्तालाई लगानी गर्न आव्हान गर्नुभयो। अन्तमा अमेरिकाको भर्जिनिया राज्यबाट संचालित नेपाली सामाजिक संजाल ‘सगून’ लाई बढी भन्दा बढी गैर आवासिय नेपाली माझ पुर्याउन एन आरएन ले सहयोग गर्ने जानकारी दिनु भयो। यस कार्यक्रमलाई बिआरटि नेपाल तथा ईनेपलिजले प्रत्यक्ष प्रसारण गरेको थियो l

सर्बज्ञ वाग्ले