sssss
nrna
एनआरएनए अमेरीका भवन निर्माण प्रोजेक्ट
  • Home
  • Press Releases

एनआरएनए अमेरीका भवन निर्माण प्रोजेक्ट

June 12, 2021

१२ जुन २०२१

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको भवन निर्माणको कार्यले गती लिएको छ । विश्वमै सबैभन्दा बढी सदस्य रहेको राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आफ्नै भवन बनाउने विषय विगतदेखिनै उठ्दै आएको थियो । संघको आफ्नै भवन हुदा त्यसले संघमार्फत हुने गतिविधिलाई अझ प्रभावकारी बनाउन सकिने तर्फ जोड दिदैं त्यसका लागि आवश्यक कार्य अघि बढाउने विगतको छलफललाई मुर्त रुप दिने अभियान अगाडि बढेको छ ।

संघको पछिल्लो कार्यसमितिको वैठकले संघको सदस्यता शुल्क वापत संकलित रकममध्ये अन्तराष्ट्रिय समन्वय परिषद्लाई पठाउने रकमलाई आफ्नै भवन निर्माण गर्नका लागि उपयोग गर्ने निर्णय गर्दै त्यसका निम्ति अन्तराष्ट्रिय समन्वय परिषद्लाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको थियो । साथै संघले भवन निर्माणका लागि सहयोग संकलन गर्न अभियान चलाउने निर्णय समेत गरेको छ । त्यही अनुरुप गो फन्ड मि अकाउण्ट समेत खोलिएको छ ।

यस्तै, संघको भवन निर्माणको निम्ति प्रारम्भिक छलफल पश्चात ६ सेप्टेम्बर २०१९ मा न्यूयोर्कमा भएको अन्तरक्रियात्मक कार्यक्रममा विगतमा प्रतिवद्धता जनाउनुभएका अभियन्ताहरु ज्यूहरुलाई पनि यथाशक्य छिटो सहयोग रकम उपलब्ध गराउनका निम्ति आग्रह संघले गरेको छ । त्यस अन्तर्गत सहयोग संकलन काम समेत अगाडि बढेको छ । संघका अध्यक्ष सुनील साहले आफूले प्रतिवद्धता गर्नुभएको रकम मध्ये ५ हजार डलर रकम संघले भवन निर्माण परियोजनाका निम्ति खोलिएको खातामा जम्मा गरिसक्नुभएको छ । यसैगरी सबै अभियन्ता ज्यूहरुलाई रकम जम्मा गरिदिनुहुनका निम्ति संघ हार्दिक अनुरोध गर्दछ ।

साथै जति सकिन्छ त्यति रकम गो फन्ड मि मार्फत सहयोग गर्नका लागि पनि सम्पूर्णमा संघ विशेष अपिल गर्दछ । सबै एनआरएनहरुको सहयोगले सपनाको भवन निर्माणको कार्य छिटो भन्दा छिटो पूरा हुनेमा संघ विश्वस्त रहेको छ ।

PayPal link:
https://www.paypal.com/donate?hosted_button_id=E4TSFG7HM5FJW

भवदीय,
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्, अमेरिका