sssss
nrna
COVID-19 आपतकालीन बैठक
  • Home
  • Press Releases

COVID-19 आपतकालीन बैठक

July 30, 2020

Date: 03/25/2020

बिज्ञप्ती

आदरणीय अमेरिका बासी सम्पूर्ण आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनीहरू

हार्दिक नमस्कार,

आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमणको कारण बिकराल अबस्थामा गुज्रिरहेको छ । यसले बिश्व भरको मानब जिबनलाई तहस नहस पारिरहेको छ । विश्व भर कै मानव अहिले जोखिम पूर्ण जीवन यापन गरिरहेका छन । हामी अमेरिका बासी नेपालीहरुमा पनि यो रोगको संक्रमणको असर बढदै गईरहेको हामी सबैले महसुस गरिरहेका छौं । नेपाली समाजमा घटेका अप्रिय घटना र उत्पन्न बिकट परिस्थितिका कारण तथा गैर आवासीय नेपाली संघ, अमेरिका परिवार मर्माहत छ । यस्तो विषम परिस्थितिमा आज हामी प्रबास मा बसोबास गर्ने सम्पूर्ण नेपालीहरू एक आपसमा सहयोग गर्दै यस COVID-19 माहामारी संग बच्नु पर्ने/लड्नु पर्ने अवस्था छ।

यस्तो बिकराल परिस्थिति बीच गैर आवसीय नेपाली संघ, अमेरिकाको मार्च २३,२०२० सोमबारका दिन COVID-19 र यसको संक्रमण सम्बन्धमा आपतकालीन कन्फरेन्स बैठक सम्पन्न भयो । बैठकमा हाल COVID-19 महामारी को सक्रमण बाट प्रवासमा बस्ने नेपाली समुदायले ब्यहोर्नु परेको र निकट भविष्यमा आउन सक्ने दुख कष्टको ऑकलन गर्दै, गैर आवसीय नेपाली संघ, अमेरिकाले ल्याउन पर्ने कार्य योजना सम्बन्धमा छलफल भयो । विगतमा सम्पन्न गरिएका जनचेतना मूलक कार्यक्रमहरूको समीक्षा गर्दै COVID-19 को प्रभावका कारण अत्यन्त जटिल आर्थिक अवस्था भएका अमेरिकावासी गैर आवासीय नेपालीहरूलाई र अमेरिकामा अध्ययनरत विद्यार्थीहरूलाई; COVID-19 विशेष कोष सञ्चालनमा ल्याउने र सो कोष मार्फत महामारीको गाम्भीर्यता र आवश्यकता अनुसार; बढिमा अमेरिकी डलर ३०० बराबरको अति आवश्यक सामाग्री सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले, यस कठिन घडिमा COVID-19 को सन्क्रमण बाट नेपाली समुदायलाई यथाशंभव सहयोग गर्नका निम्ति एनआरएनए एनसिसि युएसए का अध्यक्ष सुनिल कु. शाह को संयोजकत्वमा COVID-19 Support Highlevel Committee गठन गरेको छ । यस कमिटीमा एनसिसि कार्यसमितिका पदाधिकारी, एनसिसि सल्लाहकार, चार वटै क्षेत्रका क्षेत्रिय संयोजक, हेल्प डेस्कका संयोजक, सम्पूर्ण चाप्टरका अध्यक्षहरु र सम्पुर्ण राज्यका फोकल पर्सन रहने छन । बैठकले COVID-19 बिशेष कोष संचालनमा ल्याउने समेत निर्णय गरेको छ । COVID-19 बिशेष कोष संचालनमा ल्याउन COVID-19 Support Committee का सम्पुर्ण सदश्यहरु ले आफुहरुले सकेको आर्थिक सहयोग गर्ने निर्णय गर्दै सम्पुर्ण नेपाली समुदायलाई पनि यस दुखद समयमा सक्दो सहयोगका लागी अनुरोध गर्ने निर्णय गरेको छ ।

यसै गरि नेपाली समुदाय लाई स्वास्थय सम्बन्धि कुनै समस्या वा COVID-19 सम्बन्धि कुनै सोधपुछ गर्नु परेमा भाषिक समस्या नपरोस र स्वास्थ्य सम्बन्धि उचित जानकारी दिन सकियोस भन्ने हेतुले एनआरएनए एनसिसि युएसए का प्रमुख संरक्षक डा. केशब पौडल को संयोजकत्वमा COVID-19 Medical Response Team गठन गरिएको छ । साथै बैठकले सम्बन्धित क्षेत्रबाट निर्वाचित उपाध्यक्षहरुलाई सम्बन्धित क्षेत्रको क्षेत्रीय संयोजक र च्याप्टर अध्यक्ष वा फोकल पर्सन (च्याप्टर गठन नभएका राज्यहरुमा) आबश्यकता अनुसार क्षेत्रीय COVID-19 Regional Support Committee र COVID-19 State Support Committee गठन गर्नको लागि समेत निर्देशन दिइएको छ ।

साथै COVID-19 को प्राभवका कारण अप्ठारो परिस्थितिमा परेका आम नेपालीको सहयोगार्थ Amazon Smile मा जम्मा हुन आउने रकम COVID-19 बिशेष कोषमा जम्मा गर्ने निर्णय गर्दै COVID-19 सहयोगार्थ GoFund सन्चालन ल्याएको  

Press Release PDF link:
https://adobe.ly/39jhjDI

COVID-19 Support team link:
https://adobe.ly/2WJ8ZKP

COVID-19 आर्थिक सहयोग लिंकः
Gofund me Link:
https://bit.ly/2QM6PGA

Amazon Smile link:
https://smile.amazon.com/ch/62-1850599

 

जय एनआरएन !

पशुपति पान्डे
महासचिव
गैर आवासीय नेपाली सङ्घ, अमेरिका