sssss
nrna
California Information Session

California Information Session

July 30, 2020

अमेरिकास्थित नेपाली समुदायमा महत्वपूर्ण सम-सामयिक विषयहरूमा विभिन्न स्रोत व्यक्तिहरू मार्फत जानकारी दिलाउने हेतुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यालिफोर्निया च्याप्टरले सान फ्रान्सिस्को बे एरियामा डिसेम्बर २८ र लस एन्जल्स क्षेत्रमा डिसेम्बर २९, २०१९ को दिन "जानकारीमूलक छलफल" कार्यक्रम गर्ने घोषणा गरेको थियो । गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली संघको अभियान, सूचना र प्रबिधि, अमेरिकी जनगणना २०२० र नेपाली समुदायको भूमिका, अमेरिकी कर दाखिला, कवर्ड क्यालिफोर्निया मार्फत स्वास्थ्य बिमा र अमेरिकी अध्यागमन नीति सम्बन्धमा सान फ्रान्सिस्को बे एरिया क्षेत्रमा निर्धारित मितीमा नै सम्पन्न भएको थियो । तर लस एन्जल्स क्षेत्रमा तोकिएको दिन स्थानीय नेपाली संस्था "नेपाली एकता समाज" को बार्षिक साधारण सभा कार्यक्रम पर्न गएकोले सो कार्यक्रमलाइ स्थगन गरेको थियो । उक्त स्थगित "जानकारीमूलक छलफल" कार्यक्रम अमेरिकामा व्यक्तिगत र ब्यापारिक कर दाखिला, क्यालिफोर्निया राज्यमा जनवरी २०२० देखि अनिवार्य भएको कवर्ड क्यालिफोर्निया मार्फत स्वास्थ्य बिमा, वर्तमान अमेरिकी सरकारको Public Charge नामक अध्यागमन नीति, Estate Planning (Will & Trust) र अमेरिकी जनगणना २०२० सम्बन्धि प्रस्तुतिका साथ् फेब्रुअरी ०२, २०२० आइतवारको दिन सम्पन्न भएको छ ।

लस एन्जल्स क्षेत्रको नर्वाल्क सहरमा अबस्थित श्री पशुपतिनाथ र बुद्ध मन्दिरको हलमा फेब्रुवरी ०२, २०२० को साँझ सम्पन्न उक्त "जानकारीमूलक छलफल" कार्यक्रममा Accounting and Business Sevices, Artesia का राजेन्द्र शिवाकोटीले व्यक्तिगत र ब्यापारिक कर दाखिला, गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका सभापति सुरेन्द्र मल्लले क्यालिफोर्निया राज्यमा अनिवार्य भएको स्वास्थ्य बिमा, अध्यागमन अधिवक्ता सिम्रिक नेउपानेले परिबर्तित अध्यागमन नीति अन्तर्गतको Public Charge , बिकाश शिवाकोटीले Estate Planning (Will & Trust) र यसको महत्व, र च्याप्टर सभापति सुरेन्द्र मल्लले अमेरिकी जनगणना २०२० सम्बन्धमा जानकारीमूलक प्रस्तुति गर्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका उप-सभापति श्री कर्ण बहादुर चन्दको संयोजनमा आयोजित सो "जानकारीमूलक छलफल" कार्यक्रममा पशुपति फाउन्डेसनका सभापति गोकुल पौड्याल, पशुपति फाउन्डेसनका पुर्व अध्यक्ष श्री भक्त थापा, नेपाली जन सम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टर सभापति श्री मदन पाठक, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिका पुर्व सदस्य श्री बलराम थापा, गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका निवर्तमान सभापति श्री राम बाबु पाण्डे, अन्तराष्ट्रिय तामांग परिषद्का उपाध्यक्ष एवं हामि नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष श्री टेक बहादुर लामा, नेपाली एकता समाजका पूर्व अध्यक्षहरू श्रीमती शारदा उदास श्रेष्ठ र श्री चन्द्र शिवाकोटी, Blood Donors Association America California Chaptar का अध्यक्ष श्री एक देव शर्मा, ANSA California का अध्यक्ष चिरन्जिबी गौतम, ANSA California का कोषाध्यक्ष श्री लक्ष्मण नेपाल, NRNA NCC of USA Life Insurance Awareness Sub-Committee का Co-Chair श्री कृष्ण लोहनी, 24 News का पुरुषोत्तम ढकाल, सुदूर-पश्चिमेली नेपाली समाजका उपाध्यक्ष हेम बहादुर ठकुल्ला, गैरआवासीय नेपाली संघ अमेरिका पश्चिम क्षेत्र संयोजक श्री रोशन अधिकारी लगायत विभिन्न क्षेत्रमा कार्यरत समुदायका महत्वपूर्ण अग्रज सदस्यहरूको उपस्थिति रहेको थियो । च्याप्टर सभापति श्री सुरेन्द्र मल्लले विभिन्न विषयका ज्ञाता एवं प्रस्तोता, उपस्थ्ति सम्पूर्ण संघ-संस्थाका अध्यक्ष र प्रतिनीधिहरू, च्याप्टर समितिका सबै पदाधिकारीहरू लगायत उपस्थ्ति सबै महिला तथा सज्जन बृन्दहरूलाई धय्नाबाद दिई कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भयो ।

सो समसामयिक बिषय सम्बन्धित "जानकारीमूलक छलफल" कार्यक्रमलाई तामांग परिषद्का अन्तराष्ट्रिय उपाध्यक्ष श्री टेक बहादुर वाइबा लामा र गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका उपसभापतिले आ-आफ्नो सामाजिक संजाल फेसबुक मार्फत प्रसार गरि सहयोग पुर्याउनु भएको थियो । NRNA NCC of USA California Chapter का सभापति सुरेन्द्र मल्ल र महिला संयोजकले फूल र खादा प्रदान गरि कार्यक्रम प्रस्तुतकर्ताहरूलाई स्वागत गर्नुभएको थियो । च्याप्टरका उपसभापति श्री कर्ण बहादुर चन्द र कोषाध्यक्ष श्री शमशेर (सुबाश) भण्डारीले संचालन गर्नु भएको सो जानकारीमूलक कार्यक्रमको अन्त्यमा विभिन्न विषयका प्रस्तुत कर्ताहरूलाई NRNA ICC का पूर्व सदस्य बलराम थापा, NRNA NCC of USA West Regional Co-ordinator श्री रोशन अधिकारी र NRNA NCC of USA California Chapter का सभापतिले प्रशंसा-पत्र वितरण गर्नुभएको थियो ।

च्याप्टरको यो समसामयिक बिषय सम्बन्धि कार्यक्रम ज्यादै सूचनामूलक रहेको र यसले समुदायमा ठुलो सहयोग पुगेको कुरा उपस्थित महानुभावहरूले ब्यक्त गर्नुभएको थियो । र साथै NRNA बाट भविष्यमा यस्तै जानकारीमूलक कार्यक्रमको निरन्तरता रहने अपेक्षा उपस्थित महानुभावहरूको रहेको छ ।

गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, क्यालिफोर्निया च्याप्टर