Amazon Smile
- Home
- Press Releases
Amazon Smile
July 30, 2020Date: March 10, 2020
आदरणीय नेपाली भाषी दाजुभाई दिदी बहिनी हरु, एनआरएन अमेरिका नेपाल र नेपालीको हितमा काम गर्न प्रतिबद्ध हुँदा हुँदै पनि आर्थिक श्रोतको अभावमा अपेक्षाकृत काम गर्न नसकिएको कुरालाई हृदयंगम गरी सदस्यता शुल्कमाथिको निर्भरतामा सिमित नरही अन्य श्रोतको खोजि र परिचालन गर्ने क्रममा हामी Amazon Smile मा आबद्ध भएका छौं । हामी र हाम्रो सम्पर्कमा रहनु भएका नेपाली बाहेक अन्य समुदायलाई पनि अनुरोध गरी हाम्रो लिंकबाट सामान खरिद गर्ने परिस्थिति शिर्जना गर्न सकियो भने नेपाल र नेपालीको हितमा काम गर्न यो कोषे ढुंगा साबित हुन सक्छ । यस्तो दान जसमा आफूले केहि दिनु पर्दैन, आफ्नो केहि जॉदैन तर संस्थाले पाउँछ । त्यसैले हामी यहॉहरु सबैलाई Amazon बाट सामान खरिद गर्दा तल दिईएको लिंक खोली सामान खरिद गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । यसो गर्दा हामीले भुक्तानी गरेको रकमबाट एनआरएनले ०.५ प्रतिशत प्राप्त गर्ने छ तर सामानको मूल्य बढ्दैन । यसो गर्दा हामीले तिर्ने रकम नबढीकन नेपाल र नेपालीको हितको लागि दान गरिरहेका हुनेछौं । |