Date: March 21, 2020

आदरणीय सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरू
हार्दिक नमस्कार,

अहिले विश्व नोवल कोरोनाभाईरस (कोभिड-१९) बाट आक्रान्त छ । यसको औषधि र खोप नबनिसकेको यस कठिन परिस्थितिमा तपाईँ हामी सबै मिलेर, एक आपसमा सहयोग गर्दै यसको रोकथाममा लाग्नु बान्छनीय छ । गैर आवासीय नेपाली संघ, अमेरिका कोभिड-१९ बाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा जानकारी मूलक कार्यक्रमहरू लिएर विभिन्न माध्यम मार्फत यहाँहरू समक्ष आइरहेको कुरा अवगत नै छ । हामी हाम्रा च्याप्टरहरुसंगको सम्पर्क र समन्वयमा नेपाली समुदायलाई यस रोगबाट बँचाउने प्रयासको साथमा यसकै कारण बेराजगार भइ खाद्यान्न र आवासको संकट झेलिरहेका अति बिपन्नहरुलाई के कसरी सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ भनेर विभिन्न निकाय संग छलफल चलाईरहेका छौं ।

वर्तमान अवस्थामा फिजिकल मिटिङ मार्फत यहाँहरू माझ आउन शंभव नभइरहेको अवस्थामा हामी अन्य माध्यमबाट यहाँहरूसंग सम्पर्क मा आउन कोशिश गरिरहेका छौँ । यस रोग बिरूद्ध लड्न यहॉहरुको साथमा एनआरएनए एनसिसि युएसए हेल्थ एन्ड सेफ्टी कमिटी, हेल्प डेस्क लगायत विभिन्न टास्क्फोर्स, र च्याप्टर हरू खटिरहेका छन । वर्तमान अबस्थामा नेपाली समुदायलाई तत्काल सम्पर्क गर्न शंभव होस भन्ने हेतुले गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले हट्लाईन र इमेल को व्यवस्था गरेको छ । यहाँहरू लाई नोवल कोरोनाभाईरस रोग (कोभिड-१९) सम्बन्धी कुनै जानकारी र सहयोग चाहिएमा तलको फोन वा इमेल मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ । विपतको यस घडिमा सम्पूर्ण सामाजिक अभियन्ता तथा नेपाली समुदायलाई यस महामारी बाट बच्न र बचाउन एक आपसमा सहयोग र सक्दो भूमिका निर्बाह गर्न गैर आवासीय नेपाली संघ, अमेरिका हार्दिक अनुरोध गर्दछ ।

कोभिड-१९ सम्बन्धी जानकारी तथा सहयोग का लागी संपर्क फोन नम्बर र ईमेलः
Hotline No. +1 (833) 684-0551
Email: covid19@nrnusa.org

Please click the link below to see COVID-19 crisis management useful information:
https://adobe.ly/3dmis0v

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, अमेरिका