sssss
nrna
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु कप्तान नवयुग श्रेष्ठ र स्ट्राइकर भरत खवास लाई सम्मान पत्र हस्तातरण।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु कप्तान नवयुग श्रेष्ठ र स्ट्राइकर भरत खवास लाई सम्मान पत्र हस्तातरण।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु कप्तान नवयुग श्रेष्ठ र स्ट्राइकर भरत खवास लाई सम्मान पत्र हस्तातरण।

10 September, 2022 By Anjan Chaulagai

नर्थ क्यारोलिनामा सम्पन्न गैर आवासीय नेपाली संघ अमेरिकाको ११ औ एकताको साधारण सभामा एक विशेष कार्यक्रम बिच नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु कप्तान नवयुग श्रेष्ठ र स्ट्राइकर भरत खवास लाई सम्मान पत्र हस्तातरण गर्ने कार्यक्रम तय भएको भए पनि खेलाडिहरु को व्यस्तताका कारणले गर्दा उक्त दिन सो कार्यक्रम सम्पन्न हुन सकेको थिएन तर आज गैर आवासीय नेपाली संघ अमेरिकाको तर्फबाट सचिव अनुप खनाल, सल्लाहकार सुभाष घिमिरे र बोर्ड सदस्य डोलनाथ घिमिरेको उपस्थितिमा सम्मान पत्र राष्ट्रिय फुटबल टिमका खेलाडीहरु लाई संयुक्त रुपमा हस्तातरण गरिएको छ ।यस कार्यक्रममा नेपाली जन सम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजेन्द्र सेन्चुरी , महासचिव नेत्र केसी, गोरखा समाज मेरिल्याण्डका अध्यक्ष अपार श्रेष्ठ, साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट र महासचिव विश्व किरण थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उक्त सम्मान पत्रमा गैर आवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी,११ औ एकता सधारण सभाका विशिष्ट अथिति नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा,विशेष अथिति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्धय कुल आचार्य र रविना थापा लगायत गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा युवा, विद्यार्थी र खेलकुद विभागका प्रमुख सुमन थापाको हस्ताक्षर रहेको छ।

सचिवालय
गैर आवासीय नेपाली संघ अमेरिका
जुलाई ९ , २०२२