एनसीसी अमेरिकाको दक्षिण क्षेत्रिय समिति गठन।
- Home
- Activity Report
एनसीसी अमेरिकाको दक्षिण क्षेत्रिय समिति गठन।
Jan. 28, 2022दक्षिण क्षेत्रमा रहेका सबै राज्यका अध्यक्ष र एनआरएनएमा योगदान दिनु भएका व्यक्तित्वहरु सहितलाई मनोतित गर्दै ११ सदस्यीय समिति गठन गरिएको छ।एनसीसी अमेरिकाको बिधान अनुसार दक्षिण क्षेत्रका संयोजक बादल भुजेलको संयोजकत्वमा बनेको उक्त समितिमा फ्लोरिडा च्याप्टरका अध्यक्ष बिकाश देवकोटा सचिव रहनु भएको छ भने च्याप्टरका अध्यक्षहरु क्रमस: टेक्सासका सोफिन थापा , जर्जियाका दिलिप बानिया , केन्टकीका केशब लोहनी , मेरिल्याण्डका राजु पराजुली, नर्थ क्यारोलिनाका बासुदेव भट्ट, टेनसीका सन्तोष थापा, भर्जिनियाका सुबोध रेग्मी रहनु भएको छ भने मनोनित सदस्यहरुमा एनआरएनए अभियान्ताहरु सदेश उप्रेती र ललित गुप्ता सहितलाई मनोनित गर्दै समितिलाई पुर्णता दिईएको छ।